Home अर्थ/व्यापार कपडा व्यवसायी संघको स्थापना दिवसमा दिव्यसेवा निकेतनलाई सहयोग

कपडा व्यवसायी संघको स्थापना दिवसमा दिव्यसेवा निकेतनलाई सहयोग

हेटौंडाः कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले स्थापना दिवसको अवसरमा हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनमा आश्रित ज्येष्ठ नागरिकलाई दिवा खाजा तथा कपडा वितरण गरिएको छ । दसौँ स्थापना दिवशको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै संघले ज्येष्ठ नागरिकलाई सहयोग गरेको हो ।

समाजमा रहेका ज्येष्ठ उमेरका आमाबुबाहरु मध्ये केही आमाबुबाहरु आश्रित रहेको निकेतनमा संघका अध्यक्ष तेजराज अधिकारी, कार्यसमिति सदस्यसहितले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष तेजराज अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अनिल अग्रवालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा दिव्य सेवा निकेतनका केन्द्रिय अध्यक्ष टि आर निरौला, निकेतनका जिल्ला अध्यक्ष यादव गजुरेल, संरक्षक सुनिता बाईजी, सल्लाहकार केदार न्यौपाने, संघका निवर्तमान अध्यक्ष समीर लाल डंगोल लगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version