सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–२, कन्तिराजपथमा एक पुरुषको विवारिसे अवस्थामा शव फेला परेको छ । शनिबार विहान अन्दाजी ४० वर्षका पुरुषको शव सडक पेटीमा सुतिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सडक पेटीमा सुतिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोलीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।

मृतक हेटौंडा बजार क्षेत्रमा मागेर हिँड्ने गरेको र दिनहुँ सडक पेटीमै सुत्ने गरेको स्थानीयले जानकारी दिएका छन् । मृतकको नाम तथा ठेगाना पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।