साङ्केतिक तस्बिर google.com ।

हेटौंडाः सरकारी कागजात किर्ते गरेको आशंकमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हेटौंडा–५, भैरवरोडमा रहेको ९ कठ्ठा जग्गाको सरकारी कागजात किर्ते गरेको अभियोगमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारी काजत किर्ते गरिएको आशंंकामा पौडेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।

अन्दाजी ४५ वर्षका पौडेललाई सरकारी कागजात किर्ते गरिएको मुद्दापश्चात् प्रहरीले खोजी गरिरहेको थियो । पक्राउ परेका पौडेललाई जिल्ला अदालत मकवानपुरमा कागजातसहित अनुसन्धानका लागि उपस्थित गराएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभएको छ ।