हेटौंडाः अधिकारवादी संस्था एमनेष्टि इन्टरनेशनल समूह ६७ को साधारणसभा शनिबार हेटौंडामा भएको छ । साधारणसभामा अधिवक्ता ईन्द्रप्रसाद अर्याललाई ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार सम्मान २०७७ द्वारा सम्मानित गरिएको छ । नेपाल मानवअधिकार संगठनका पूर्बअध्यक्ष अधिवक्ता अर्याललाई १० हजार राशीसहित सम्मान प्रदान गरिएको हो ।
एमनेष्टी ईन्टरनेशनल समूह ६७ का संयोजक उत्तम शर्मा ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा एमनेष्टी नेपालका सदस्य महेश पौडेलले अधिवक्ता अर्याललाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा जिल्ला बार मकवानपुरका अध्यक्ष अधिवक्ता ऋषि केबी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष बुद्धशरण लामा, एमनेष्टी समूह ६७ का पूर्बसंयोजक एवम् मकवानपुर उद्योग वाणिज्य संघका पूर्बअध्यक्ष जीवन काजी माकाजु, एमनेष्टी समूह ३३ का कालिकाप्रसाद पण्डित, एमनेष्टी समूह ६७ फरेष्ट्री क्यापसका युथ संयोजक सजना पाण्डेलगायतले नेपालमा मानवअधिकारको अवस्थाकाबारेमा धारणा व्यक्त गरेका थिए ।