हेटौंडाः राजासहितको प्रजातन्त्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खोजेको राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले बताउनुभएको छ ।

गएको १४ वर्षसम्म राजाबिहीन प्रजातन्त्रको अभ्यास देखिसकेको भन्दै अब राजालाई पनि सेरेमोनियल रुपमा स्थान दिएर राख्नुपर्ने उहाँले बताउनुभयो ।

जनताकै छोराछोरीले देशको नेतृत्व गर्ने र अभिभावकको रुपमा राजा आउनुपर्ने अध्यक्ष थापाको भनाई थियो । शुक्रबार राप्रपा मकवानपुरको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले राप्रपा अब बलियो शक्तिको रुपमा उदाउने जनाउनुभयो । ।