नेपाली मौलिक पोशाकमा नृत्यु गर्दै विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा–१६ हटियास्थित जनप्रिय माविमा शुक्रबार नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । प्राविधिकतर्फ डिप्लोमा दोस्रो वर्षका विद्यार्थी र कक्षा १२ का विद्यार्थीले डिप्लोमा तहमा अध्ययन गर्न आएका नयाँ विद्यार्थी र कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत गरेको हो ।

थारु समुदायलाई प्रस्तुत गर्ने गरी नृत्य गर्दै विद्यार्थीहरु ।

जनप्रिय माविमा नयाँ विद्यार्थीलाई स्वागतको कार्यक्रम नियमित कार्यक्रमकै रुपमा आयोजना गर्दै आएको प्रधानाध्यापक नमराज अर्यालले जानकारी दिनुभएको छ । स्वागत कार्यक्रममा विद्यार्थीले नृत्य, गायन कला प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विभिन्न जातीय भेषभुषा तथा भाषाका गीतमा नृत्य प्रस्तुत गरेका थिए । नयाँ विद्यार्थीलाई उपहारस्वरुप कलम प्रदान गरिएको थियो । स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको पनि उपस्थिति रहेको थियो ।