हेटौंडाः हेटौंडा–११, थानाभर्याङस्थित चुरेहिल हस्पिटलको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । आइतबार हस्पिटल परिसरमा रक्तदान कार्यक्रम भएको हो ।
रक्तसञ्चार केन्द्र हेटौंडाको सहयोगमा भएको रक्तदान कार्यक्रममा अस्पतालमै कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए । अति सघन उपचार कक्ष (आइसियु) सहितको निजी क्षेत्रबाट सञ्चालित चुरेहिल हस्पिटल निजी क्षेत्रबाट सञ्चालित मकवानपुर जिल्लाकै ठूलो अस्पताल मध्येको एक हो ।