लकडाउनको समयमा घरभाडा छुट दिने विष्णुप्रसाद खतिवडालाई सम्मान गरिँदै ।


हेटौंडाः नेपाल घरवहाल उपभोक्ता संघ मकवानपुरको अध्यक्षमा पवनकुमार भगत चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको संघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले भगतको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा समीरलाल डंगोल, उपाध्यक्षमा शशी श्रेष्ठ, महासचिवमा ओमदास श्रेष्ठ, सचिवमा कञ्चनमाला राजभण्डारी तथा कोषाध्यक्षमा जीवनाथ अधिकारी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा विशाल श्रेष्ठ, कृष्ण लामा, कृष्णप्रसाद धिमाल, सुवास न्यौपाने, अम्बिका घिमिरे, नवी मियाँ अन्सारी, होमप्रसाद भण्डारी, विश्व श्रेष्ठ तथा सुकुन्दप्रसाद आचाई चयन हुनुभएको छ ।

नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको विशेष आतिथ्य थियो । साधारणसभाको उद्घाटन कार्यक्रम संघका अध्यक्ष नवराज न्यौपानेको सभाध्यक्षतामा भएको हो । महासचिव समीरलाल डंगोलले साधारणसभा सञ्चालन गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा संघले घरधनीलाई सम्मान गरेको छ । लकडाउनको समयमा ३ महिनाको घरभाडा छुट गर्ने दुईजना घरधनीलाई सम्मान गरिएको थियो । घरभाडा छुट दिने विष्णुप्रसाद खतिवडा र कोपी खत्री बस्नेतलाई संघले सम्मान गरेको हो ।