हेटौंडाः पातञ्जल योग जिल्ला समिति मकवानपुरको नयाँ समिति चयन भएको छ । शनिबार भएको भेलाले लक्ष्मी चौलागाईँको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र उप्रेती, सचिवमा नकुलप्रसाद अधिकारी, सह–सचिवमा मिना सापकोटा, कोषाध्यक्षमा नारायण प्रसाद ओली चयन हुनुभएको छ ।
यस्तै सदस्यहरु सरिता मिश्र, सपना ढकाल कँडेल, शारदा ओली, मनोज कुमार सुवेदी, हरिकृष्ण कार्की, बलराम अधिकारी, सरु रिमाल, भगवती दहाल, अनुराग शर्मा चयन हुनुभएको छ । समिति चयन पश्चात् बसेको जिल्ला कार्यसमिति बैठकबाट ध्रुव भुजेललाई सल्लाहकार संयोजक चयन गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा जिल्ला भेला भएको हो । कार्यक्रममा पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवाल, पातञ्जल योग समितिका केन्द्रिय महासचिव नवराज काफ्ले, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।