राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हेटौंडा उपमहानगर परिषद् बैठक शनिबार सुरु ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हेटौंडा उपमहानगर परिषद् बैठक शनिबार सुरु भएको छ । बैठकको राप्रपा अध्यक्ष कमल थापाले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राप्रपा अध्यक्ष कमल थापाले केपी ओलीले ४० वर्ष शासन गर्ने घोषणा गरे पनि बलियो जनमत रहेको अवस्थामा समेत ५ वर्षे कार्यकाल पूरा गर्न पनि निक्कै कठिानाई भोग्नु परेको बताउनुभयो ।

आगामी निर्वाचनमा राप्रपा बलियो प्रजातान्त्रिक शक्ति बन्ने दावी पनि अध्यक्ष थापाले गर्नुभयो । आगामी वैशाखमा काठमाडौंमा हुने राप्रपाको एकता महाधिवेशनले राप्रपालाई बलियो शक्ति बन्ने आधार तय गर्ने पनि अध्यक्ष थापाको दावी गर्नुभयो । नगर परिषद् भेलाले राप्रपा उपमहानगर समितिको नयाँ समिति चयन गर्नेछ ।