मकवानपुर जिल्ला अदालत

हेटौंडाः जिल्ला अदालत मकवानपुरले शुक्रबार एउटा मुद्धामात्र फैसला गरेको छ । शुक्रबारको लागि तोकिएको एउटामात्र मुद्धाको पेशी तोकिएकोमा उक्त मुद्धाको फैसला गरेको हो ।

शुक्रबार न्यायाधीश कमलराज बिष्टको इजलासमा एउटा मुद्धाको पेशी तोकिएकोमा उक्त मुद्धाको फैसला भएको थियो । बिष्टको इजलासले २०७६ साउन ६ गते दर्ता भएको सम्बन्धविच्छेदको मुद्धा फैसला गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।