हेटौंडाः नेकपा माओवादी केन्द्र मकवानपुरले जिल्ला कार्यालयमा बोर्ड राखेको छ । बुधबार नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तान र अध्यक्ष प्रेमबहादुर पुलामीको उपस्थितिमा बोर्ड राखिएको हो ।
हेटौंडा–४ गर्दाेइस्थित पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखेपछि बोल्दै इन्चार्ज मोक्तानले अदालतको फैसलाको सम्मान गर्दै माओवादी केन्द्रको बोर्ड राखिएको बताउनुभयो ।
इन्चार्ज मोक्तानले पुनः पार्टी एकता हुने संकेत गर्नुभएको थियो । पार्टी अध्यक्ष प्रेमबहादुर पुलामीले नयाँ ढंगले राजनीतिक घटना अघि बढेको बताउँदै नेकपाकै नाममा धेरै जनप्रतिनिधिले निर्वाचन जितेकाले यसबारे संवैधानिक ब्याख्या आवश्यक रहेको बताउनुभयो ।