Home मुख्य समाचार राप्रपा थाहानगरमा रायमाझी, राप्रपा आगामी चुनावबाट निर्णायक शक्तिः नेता बर्तौला

राप्रपा थाहानगरमा रायमाझी, राप्रपा आगामी चुनावबाट निर्णायक शक्तिः नेता बर्तौला

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य राजाराम बर्तौला ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य राजाराम बर्तौलाले राप्रपा आगामी निर्वाचनमा निर्णायक शक्ति बनेर उदाउने दाबी गर्नुभएको छ । सोमबार पार्टीको थाहा नगर समितिको परिषद् बैठकलाई सम्बोधन गर्दै बर्तौलाले राप्रपा गएको चुनावमा हारेको भएता पनि नहराएको बताउनुभयो ।

‘हामी गत चुनावमा पराजित भयौं, तर अब उठेर उच्च मनोबलका साथ अघि बढ्छौं’ बर्तौलाले भन्नुभयो । कांग्रेस र कम्युनिष्टको अदूरदर्शिता र असफलताबाट मुलुकले मुक्ति खोजेको चर्चा गर्दै बर्तौलाले राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन युवापुस्ता अघि सर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राप्रपा मकवानपुरका नेताहरु गुञ्जनबहादुर न्यौपाने, गुरुप्रसाद सापकोटा, शम्भुभक्त श्रेष्ठ, अर्जुन केसी, चन्द्रप्रसाद ढुंगानालगायतले मन्तव्य व्यक्त गनुभएको थियो । थाहा नगर परिषद् बैठकले नवीन रायमाझीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षहरुमा केशर थिङ, राममाया लामा, रामहरि भट्ट रहेका छन् । यसैगरी सचिवमा राधाकृष्ण बिष्ट, कोषाध्यक्षमा पुन्यमान बलामी तथा सहसचिवमा सुरेन्द्र तामाङ चयन हुनुभएको छ ।

Exit mobile version