पक्राउ परिएका अभियुक्तहरु ।

हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा नगरक्षेत्रमा चल्ने अटोबाट २५ केजी लागुऔषध गाँजा बरामद गरेको छ । बिहीबार बिहान साढे ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौंडा–११ नवलपुरबाट ना १ ह ७२३६ नम्बरको अटोलाई २५ केजी लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेवारपानीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको अटोको पछाडि सिट मुनी रातो प्लास्टिकमा टेपले बेरी ४ वटा पोका बनाएर राखिएको गाँजा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले अटोचालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१, पलाँसेका २१ वर्षीय नवराज थिङ र २० वर्षीय बाबुराम थोकरलाई पक्राउ गरेको छ । पक्राउ परेका थिङ र थोकरलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।