सिएम रिमाल हेटौंडा

सबैजना अमुक भएर रमिता हेरिरहेका छन् । प्रहरीको साइरन सहित गाडी अगाडि बढ्छ । उनी हेटौँडा बसपार्कमा देखिन थालेका पनि लगभग ५/७ वर्ष भइसकेको थियो । उनीको नाम बाहेक अरु कुराको कसैलाई पनि वास्ता थिए न । के खान्थीन् । के गर्थिन् ? कहाँ जान्थिन् । कसरी जीविकोपार्जन गर्थिन् भन्ने वास्ताको पात्र बन्न सकिनन् उनी । सडकको पेटी र खुल्ला आकाश नै उनको महल थियो । पसल पसलमा हात पसार्दै त कहिले भरतपुर र विरगञ्ज पुग्दै उनीले जीवनलाई बचाइरहेकी थिइन् । उनलाई सकेसम्म आफू नजिक नहोस् भन्ने भावना वा व्यवहार प्रदर्शन गर्दथे । सबैले कुदृष्टि पैदा गर्थे । उनको अगाडि पछाडि थुप्रै मान्छेहरु भएपनि मानवताको जस्तो व्यहवार थिएन तरपनि उनी मानव हुनुको नाताले त्यो समाजलाई छाडेर एक्लै रहन सक्दिन थिइन् ।

कुमालेको चक्र जस्तै समय घुम्दै फिर्दै आफैँमा आयो विरगञ्ज जाने । त्यहाँ पनि के नै फरक पाइन र उनले ? उनी त्यो समुदायको वरिपरि भावशून्य अवस्थामा गुज्रिरहेकी थिइन् । उनी स्वरकी धनी पनि थिइन तथापि आज जीवित छिन् । ‘यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी, हाँसोमा बिलाइदिन्छु, आफू आँसुमा डुवी ।’ यस्ता भाव भएका गीतहरु उनीको मुखबाट गुन्जिन्थ्यो ।

एकदिन भोकले उनी यसरी तिल्मिलाइन् कि उभिएर पलभर खडा रहन पनि सकिनन् र सडकमै पछारिन् । यस्तो बेदना र छटपटी लिएर कतिदिन बाच्ने ? अन्धकार भविष्यमा जताततै प्रश्न चिन्हहरु मात्र खेल्न थाल्यो उनको मनमा । त्यसैले उन्मुक्तिको चहाना उब्जनु कुनै नौलो भएन । बेदना र पीडामा छट्पटिनु दैनिकी जस्तै थियो । अनायास उनीको आँखा रसाउन थाल्यो । वरपरका प्रत्येक मानिसहरुले उनको गाम्भीर्यतालाई नजिकैबाट नियालिरहेका थिए ।

कालो बादलले निर्वस्त्र आकाशलाई छोपिदियो । जताततै अन्धकारै अन्धकार मात्रै, चराहरुले पनि आफ्ना बासस्थानलाई नियालिरहेका कुकुर एकोहोरो भुकिरहेको, यत्रतत्र कोलाहल मात्र सुनिन्थ्यो । हिजो केही सहारा दिन नसकेकाहरु आज वरिपरि कठै विचाराले पुकार्दै थिए । तब बजारभरि छरिएर अघिसम्मका बिराना मानिसहरु घटनास्थलमा एकत्रित भएका थिए । कुन पापीले यस्तो हातल बनायो होला । सबैका बाकस बाकसमा समवेदना र सहानुभूति मात्र थियो । हिजो तिनैले थुक्दै हिँडेका तर आज उनकै वरिपरि भावुक मुद्रामा थिए । त्यही भिडको बिचमा रगतका टाटा यत्रतत्र थियो यसरी एकसाथ प्रकट हुलका हुल मानिसहरु आफूप्रतिको त्यो समवेदना निस्प्राण देहका बिच सडकबाट उनका आँखाले एकटक चियाइरहेको थियो । उनी चिर निन्द्रामा कहिल्यै नउठ्ने गरेर सुतिरेहकी थिइन् ।