हेटौंडाः मकवानपुर सुनचाँदी व्यवसायी संघको तेस्रो साधारण सभा शनिबार हेटौंडामा भएको छ । कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्य तथा मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष केशव रसाइलीको सभाध्यतामा भएको थियो ।

कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष डीएस रत्न शाक्य, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, नेपाल सुनचाँदी व्यवसायी महासंघका वाग्मती प्रदेश सभापति ज्योतिरत्न बज्राचार्यको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवाल, मकवानपुर सुनचाँदी व्यवसायी संघका सल्लाहकार पूर्ण शाक्य, नेपाल नवरत्न व्यवसायी संघका केन्द्रीय सदस्य गोकर्ण न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य सुविन बज्राचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका मकवानपुर अध्यक्ष नन्दरत्न स्थापित, मकवानपुर सुनचाँदी व्यवसायी संघका सल्लाहकार पवन शाक्य, मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान महासचिव महेन्द्र राउत लगायतको आतिथ्य रहेको थियो । सुनचाँदी व्यवसायी संघका सचिव राजकुमार रसाइलीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रूवेन्द्रराज बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०५३ सालमा गठन भएको मकवानपुर सुनचाँदी व्यवसायी संघमा एक सय ४६ व्यवसायी आवद्ध रहेका छन् । कार्यक्रममा सुनचाँदी व्यवसाय र संघको विकासमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको सदस्य बढेर करिब ८ हजार पुगेपनि सरकारले सुन दैनिक कोटा १० किलोग्राम मात्र तोकेकाले देशको अर्थतन्त्र र पेशागत विकासमा गम्भीर असर पारेको महासंघले जनाएको छ ।