नवप्रवेशी सदस्यलाई स्वागतपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले नवप्रवेशी सदस्यलाई शनिबार स्वागत गरेको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्थाको रुपमा सक्रिय रोटरी क्लब अफ मकवानपुरमा ११ जना नयाँ सदस्य थपिएका छन् । क्लबका अध्यक्ष कविन सांगामीको अध्यक्षतामा बसेको बैठकले नवप्रवेशीलाई स्वागत गर्नुका साथै भावी कार्य योजनाका बारेमा पनि छलफल गरेको छ ।

क्लबले मकवानपुर जिल्लाको कुनै एक विद्यालयलाई नियमित सहयोग गर्ने गरी छनोट गर्ने भएको छ । विद्यालयसँगै विद्यालय रहेको समुदायमा पनि रोटरीले नियमित सहयोग गरेर रोटरी ग्रामकै रुपमा विकसित गर्दै लैजाने अध्यक्ष सांगामीले जानकारी दिनुभएको छ । रोटरी क्लब अफ मकवानपुरले समुदायमा शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकताको क्षेत्रमा सहयोग गर्ने रोटरी क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले बताउनुभएको छ ।

रोटरी क्लबका डिष्ट्रिक्ट गभर्नरले क्लबको भ्रमण गर्ने कार्यक्रम समेत तय भएकोले त्यसका लागि पनि आवश्यक तयारीका लागि उपाध्यक्ष सुन्दर जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ । शनिबारको बैठकमा रोटरी क्लब अफ मकवानपुरका पूर्वअध्यक्ष विजय लाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।