हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले निर्माण गरिरहेको अतिथि सदनको निर्माण कार्य पूरा गर्न व्यवसायी राजेन्द्र लामिछानेले सहयोग गर्नुभएको छ । व्यवसायी लामिछानेले ५१ हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
संघले ५ तलाको भवन निर्माण गरिरहेको छ । बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र अन्य दाताहरुको सहयोगमा संघले भवन निर्माण गरिरहेको छ ।