हेटौंडाः मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । शनिबार मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी बजार स्थित पूर्व पश्चिम सडक खण्डमा हिडिरहेको अवस्थमा कैलाश गाउँपालिका – ४ का २१ वर्षीय रवि प्रजालाई प्रहरीले पक्राउ गरेको हो । उनले भिरेर बोकेको झोलामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा प्रहरीले खानतलासी गर्दा फेला पारेको थियो । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको गस्ती टोलिले उनीमाथि शंका लागेपछि खानतलासी गरेको थियो ।
यस्तै शनिबार हेटौडा–१० राम मन्दिर नजिककै उत्तम कार्किको मोटर ग्यारेजमा काम गर्ने बारा कोल्बी नगरपालिका- ९ घर भई हाल हेटौंडा- ४ बस्ने २४ वर्षको पुरुषोत्तम चौधरि र सोही स्थानको २७ वर्षका मुना मदन चौधरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङ कोरडारा घर भई हाल हेटौंडा- १० बस्दै आएका २० बर्षीय सन्तोष लामा, हेटौडा–१० का २५ वर्षको बिनय वाईवा, हेटौंडा–१ चौकिटोलका २७ वर्षीय आशिष लामा, हेटौंडा–११ थानाभर्याङका १८ वर्षीय राज कार्की र भिमफेदी–२ घर भई हाल हेटौंडा–१० बस्दै आएका २८ वर्षको सागर लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो । उनीहरु माथि थप अनुसन्धान तथा कारबाही भइरहेको उहाँले बताउनुभयो ।