हेटौंडाः बजरंग युवा क्लबको आयोजनामा महोत्तरीमा जारी श्री बजरंग गोल्डकपमा सहभागी हेटौंडा फुटबल एकेडेमीलाई २० थान जर्सी सहयोग गरिएको छ । होटल नमोबुद्ध प्रालिका सञ्चालक पुकार लामाले आइतबार एकेडेमीलाई २० हजार रुपैयाँ बराबरको जर्सी सहयोग गर्नु भएको हो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/12/133294946_691331281751700_1040577507234927110_n.jpg)
हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाले बजरंग गोल्डकपमा सहभागी हुन आज सोमबार महोत्तरी जान लागेको र क्लबलाई जर्सीको आवश्यकता रहेकाले लामाले सहयोग गर्नुभएको जानकारी दिनुभयो ।