हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको केन्द्रीय कमिटी बैठकबाट मकवानपुरका ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य अनन्तप्रसाद पौडेल, बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । पार्टीमा माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बढ्दो दूरीका बीच मंगलबार प्रधानमन्त्रीले केन्द्रीय सदस्यमा मकवानपुरका ४ जनासहित देशभरबाट ५५६ जनालाई मनोनित गर्नुभएको छ ।