हेटौंडाः देशमा बढ्दो भष्टाचार, महंगी बढेको भन्दै बुधबार हेटौंडामा सरकारको विरोध गरिएको छ । ‘राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौं, सत्ताको अन्याय, अत्याचार, भष्टाचार एवं प्रतिगामी विरुद्ध संघर्ष गरौ’ भन्दै मकवानपुरको बाम पार्टी एवं संगठनको संयुक्त मोर्चाले हेटौंडाको बुद्धचोकमा कोणसभा गरेको छ ।
मकवानपुरका ९ वटा मोर्चाको समूहले संयुक्त रुपमा कोणसभाको आयोजना गरेर आफ्नो उपस्थिति भएको जनाएको छ । अहिलेको सरकार भष्टाचारमा लिप्त भएको भन्दै सरकार विरोधी नाराहरु घन्काएको छ । कोणसभालाई ९ वटै मोर्चाका नेताहरुले सम्बोधन गर्दै अहिलेको कम्युनिष्ट सरकारप्रति विरोध जनाएको थियो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/12/131629809_2219907528154239_6685115266482698477_n-1024x768.jpg)
अब मोर्चाले सशक्त रुपमा आन्दोलन गर्ने एक नेताले बताए । कोणसभामा नेकपा (मसाल) मकवानपुरका प्रवक्त रामहरि धिताल, नेकपा (माले) मकवानपुरका सचिव हरीकृष्ण अधिकारी, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरका सेक्रेटरी पारस परियार, देशभक्त गणतान्त्रिक मोर्चा मकवानपुरका नेता सन्देश लामा, नेकपा (माओवादी केन्द्र) मकवानपुरका ईन्चार्ज विज्ञान लामा, राष्ट्रिय जनमोर्चा मकवानपुरका उपाध्यक्ष ओविन्द्र बहादुर लुइटेल, बैज्ञानिक समाजवादी पार्टीका केन्द्रिय सदस्य गणेश रसाइली, माक्र्सवादी अध्ययन केन्द्रका प्रतिनिधि जराराम रायमाझी लगायत नेपाल मजदुर किसान पार्टी मकवानपुरका नेता दिपेन्द्र श्रेष्ठको उपस्थिति थियो ।