हेटौंडाः मकवानपुरको पूर्विक्षेत्र बकैया गाउँपालिकामा व्यावसायिक रुपमै लगाइएको अवैध लागूऔषध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । बुधबार बकैया–६ गोवरस्थानमा प्रहरीले करिब सात विगाहा क्षेत्रफलको व्यावसायिक गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय फापरबारीको संयुक्त टोलीले गाँजाखेती फँडानी गरेको हो । प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा २० जना प्रहरी टोलीले गाँजा खेति फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । केहीदिन अघि पनि मकवानपुर प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिकामा लगाइएको अवैध गाँजा खेती पनि नष्ट गरेको थियो ।