हेटौंडाः हेटौंडा उपमहानगर्पालिका वडा नम्बर १ लालझाडीमा रहेको बाराही आधारभुत बिद्यालयको चार कोठे भवन शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले सोमबार एक कार्यक्रमको बीच शिलान्यास गर्नु भएको हो ।
डिएलपियुआइको सहयोगमा ६८ लाखको लगानीमा सो बिद्यालय बन्न लागेको वडाका वडा अध्यक्ष सबिन न्यौपानेले जानकारी दिनुभयो । १ नम्बर वडा सदस्य सोमलाल स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष सबिन न्यौपाने, खेलकुद बिकास समिति मकवानपुरका अध्यक्ष सानू लामा, वडासदस्यहरु इश्वरी रसाइली, बेगम बराल लागयत स्थानीयहरुको उपस्थिति रहेको थियो ।