हेटौंडाः हेटौंडा–४ स्थित पशुपति मन्दिर क्षेत्रमा यस वर्ष दीपदान नहुने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्त पितृका नाममा हेटौंडाको पशुपति मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको पशुपति विकास समितिका अध्यक्ष गणेश कठायतले जानकारी दिनुभयो ।

दीपदान गर्न मन्दिर खुल्ला गर्ने बारे मकवानपुरका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भएपनि महामारीको समयमा जोखिम धेरै हुनेभएपछि यसपाली घरघरमै दीपदान गर्न समितिले आग्रह गरकेो छ । सो दिन मन्दिरको गेट बन्द हुने समितिका अध्यक्ष कठायतले जानकारी दिनुभयो । त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिएपनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरेर शतबीज भने छर्न दिइने उहाँले जानकारी दिनुभयो । मंसिर २८ गते बालाचुर्तुदशी परेको छ ।