सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडास्थित एक होटलमा आयोजना हुने बिबाह समारोहलाई सजाउन आएका पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–१७, आदर्शनगरका ४४ वर्षीय पिन्टुकुमार अग्रवालको मृत्यु भएको छ ।

हेटौंडा–२ स्थित एभोकाडो होटेलमा मंगलबार आयोजना भएको बिबाह समारोहमा साजसज्जाको काम गर्न आएका पिन्टुकुमारको स्वास्थ्यमा समस्या आएपछि बुधबार बिहान ८ बजे हेटौंडा अस्पतालमा उपचारका लागि लगिएको थियो । पिन्टुकुमारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । बुधबार दिउँसो पोष्टमार्टमपछि परिवारले पिन्टुकुमारको शव बुझेर लगेको प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ ।