हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित बागेश्वरी महला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा आशा अधिकारी निर्वाचित हुनुभएको छ । बुधबार सहकारीकै सभाकक्षमा सीमित व्यक्तिको सहभागितामा सम्पन्न १२ औं वार्षिक साधारणसभाबाट आशा अधिकारीको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन भएको छ ।
सहकारीको उपाध्यक्षमा धन बिडारी, सचिवमा अनिता खतिवडा, कोषाध्यक्षमा अन्जु गुरागाई, सदस्यमा शर्मिला अर्याल, सीता न्यौपाने, मैया मोक्तान, बेलकुमारी श्रेष्ठ र देबकी खनाल चयन हुनुभएको छ । यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा सीता सापकोटा, सदस्यमा माया अधिकारी र दिलकुमारी श्रेष्ठ चयन हुनुभएको छ । कोभिड–१९ को जोखिमका कारण सहकारी विभागको निर्देशिका बमोजिम एक साताको अवधिमा सदस्यहरुको उपस्थिति, सल्लाह, सुझाव तथा वार्षिक प्रतिवेदन वितरणको कार्य गरेर सहकारीले साधारणसभा सम्पन्न गरेको हो ।
बुधबार सहकारीकी अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका अध्यक्ष गोकर्णप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा साधारणसभाको समापन कार्यक्रम आयोजना गरिएको थियो । एक करोड ६६ लाख २० हजार रुपैयाँ सेयर पुँजी भएको सहकारीले १२ करोड ६२ लाख ४८ हजार रुपैयाँ बचत संकलन गर्नुका साथै ११ करोड ७२ लाख ४५ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।