हेटौंडाः लायन्स क्लब अफ हेटौंडा भुटनदेवीले हेटौंडा–१० स्थित ज्ञानदा माविका विद्यार्थीलाई छात्रवृत्ति वितरणसँगै विद्यालयलाई मास्क र स्यानिटाइजर सहयोग गरेको छ । बुधबार एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत विपन्न परिवारका सात जना विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको थियो ।

यस्तै विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद सुवेदीलाई मास्क र स्यानिटाइजर हस्तान्तरण गरिएको छ ।
क्लबकी अध्यक्ष पुष्पा भट्टको अध्यक्षता तथा लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का एरिया चिफ अंकिता सुमार्गीको प्रमुख आतिथ्य तथा एरिया सचिव जेपी यादवको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि अंकिता सुमार्गीसहित क्लबकी निवर्तमान अध्यक्ष सीता श्रेष्ठ र पूर्वअध्यक्ष रमा श्रेष्ठले २/२ जना विद्यार्थी तथा पूर्वअध्यक्ष करुण महतले एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको क्लबकी अध्यक्ष भट्टले बताउनुभएको छ ।