हेटौंडाः मकवानपुरमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार सोमबार साँझ ८ महिला र १८ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरका १५ जना, भीमफेदी गाउँपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका १ जना, बागमती गाउँपालिकाका ३ जना, बकैया गाउँपालिकाका १ जना र ललितपुर जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बसोबास गर्दै आएका एकजना रहेका छन् । सोमबार बिहान नै संकलित मकवानपुरका ६२ जनाको स्वाब नमूना र अन्यत्रको ६ जनाको स्वाब नमूना परीक्षण गर्दा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।