Home मुख्य समाचार बिहीबार साँझ थप १७ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार साँझ थप १७ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडाः मकवानपुर जिल्लामा बिहीबार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले बिहीबार साँझ थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि बिहीबार बिहान मकवानपुर जिल्लामा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससँगै बिहीबार एकैदिन कोरोना संक्रमित हुनेको संख्या २९ पुगेको छ ।

बिहीबार साँझ कोराना भाइरस संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १२ जना, थाहा नगरपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका एकजना, मनहरी गाउँपालिकाका एकजना र सर्लाही जिल्ला स्थायी ठेगाना भई मकवानपुर जिल्ला बस्दै आएका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि बिहीबार बिहान कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ११ जना र बारा जिल्लाको कोहल्वी स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बस्दै आएका एकजना थिए ।

Exit mobile version