Home मुख्य समाचार छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय

छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय

हेटौंडाः छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले ३७ वर्ष जेल सजायको फैसला गरेको छ । न्यायाधीश सीता शर्मा अधिकारीको मंगलबारको एकल इजलासले १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको ठहर गर्दै ४२ वर्षीय बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैदको सजाय सुनाएको हो ।

नयाँ ऐनअनुसार जन्मकैद २५ वर्ष तोकिएको छ । श्रीमतीले आत्महत्या गरेपछि बाबुले छोरीलाई २०७३ देखि बलात्कार गर्दै आएका थिए । घटनाबारे छिमेकीहरूले थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए ।

Exit mobile version