हेटौंडाः २०४७ सालको संविधान पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले प्रदर्शन गर्ने भएको छ । गठबन्धनले मोटरसाइकल र्याली तथा राष्ट्रिय भेला गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै अभियानका केन्द्रिय संयोजक किशोरी महतोले यही मंसिर १४ गते हेटौंडामा मोटरसाइकल र्यालीको आयोजना गर्ने जानकारी दिनुभयो ।
यस्तै मंसिर २७ गते हेटौंडामा राष्ट्रिय भेला समेत गर्ने भएको छ । राष्ट्रको संरचना बहुजातीय, बहुधार्मिक संस्कारबाट भएको भन्दै नेपालको संविधान २०४७ उत्कृष्ट संविधान रहेको संयोजक महतोले दावी गर्नुभएको छ । जनताको मर्म विपरित २०७२ को संविधान ल्याइएको भन्दै २०४७ को संविधान पुनस्र्थापना गर्ने सम्बन्धमा जनताको ध्यानाकर्षण गराउन राष्ट्रिय भेलाको आयोजना गरिएको संयोजक महतोले बताउनुभयो । यस्तै राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनको केन्द्रिय सचिवालयको समेत आइतबार उद्घाटन गरिएकोे छ ।