Home अर्थ/व्यापार जनसेवा दुग्ध उत्पादक सहकारी संस्थाको साधारणसभा सम्पन्न

जनसेवा दुग्ध उत्पादक सहकारी संस्थाको साधारणसभा सम्पन्न

हेटौंडाः हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित जनसेवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार भौतिक दुरी कायम गरी साधारणसभा सम्पन्न गरिएको जनसेवा दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक रामहरी पोखरेलले बताउनुभयो ।

कार्यक्रममा आर्थिक वर्ष २०७६-०७७ को वार्षिक आयव्यय विवरण प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो । संस्थाका सचिव अकबर थापाले कार्यक्रमको संचालन गर्नुभएको थियो । जनसेवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष मधुसुदन नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

Exit mobile version