हेटौंडाः मकवानपुर जिल्लाका १० वटै पालिकामा रहेका विद्यालयहरु सञ्चालनमा आएका छन् । कोरोना भाइरसको जोखिम कम भएका स्थानीय तहहरुमा विद्यालयहरु दशै तिहारदेखि नै सञ्चालनमा छ । मकवानपुरको थाहा नगरमा पनि पर्वहरु सकिएलगत्तै सबै विद्यालयहरु खुल्ने क्रममा रहेको नगर शिक्षा प्रमुख शोभाकर रेग्मीले बताउनुभयो । जोखिम कम भएका स्थानहरुमा विद्यालयहरु सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
भौतिक दूरी कायम गरेर सञ्चालन गरिए तापनि अब बुधबार बस्ने शिक्षा समितिको बैठकले विद्यालय कसरी सञ्चालन गर्ने तथा विद्यालय सञ्चालन कार्यढाँचा २०७७ बारे छलफल हुने बताइएको छ । हालसम्म थाहा नगरमा प्रधानाध्यापक बैठक नबसे पनि बुधबार बस्ने समितिको बैठकपछि प्रधानाध्यापक बैठकको पनि टुंगो लाग्ने उहाँको भनाइ छ । थाहा नगरमा अहिले ५३ सामुदायिक र १० संस्थागत विद्यालयहरु छन् । यस्तै मकवानपुरको कैलाश गाउँपालिकाले बाहिरबाट आउने शिक्षकहरुको अनिवार्य कोरोना परीक्षण गरेर विद्यालयहरु सञ्चालन गरिरहेको कैलाश गाउँपालिकाका शिक्षा प्रमुख सूर्य थिङले बताउनुभयो ।
कोरोना भाइरसको जोखिम कम रहेकोले विद्यालयहरु सञ्चालनमा रहेको उहाँको भनाइ छ । यस्तै अबको केही समयमा नै प्रधानाध्यापक बैठक बस्ने उहाँले जानकारी दिनुभयो । हाल कैलाश गाउँपालिकामा ४९ वटा सामुदायिक विद्यालयहरु सञ्चालनमा रहेका छन् ।यसैगरी मकवानपुरगढी गाउँपालिकाले पनि विद्यालयहरु सञ्चालन गरेको छ । औपचारिक रुपमै विद्यालयहरु सञ्चालन भइरहेको गाउँपालिकाका शिक्षा प्रमुख राम बहादुर घलानले जानकारी गराउनुभयो ।
सुरुमा जोखिमका बेला विद्यालय सञ्चालन हुँदा अभिभावकहरुले केही विद्यालयमा रुष्टता व्यक्त गरेपनि अहिले त्यस्तो नभएको बताउनुभयो । गाउँपालिकाले अहिले पालिकाभित्रका ३९ सामुदायिक विद्यालय र एक संस्थागत विद्यालयलाई सञ्चालन गर्न सहयोग गर्दै आएको छ ।गाउँपालिकाले स्वास्थ्य सतर्कता अपनाउन प्रावि तहका विद्यालयलाई ५ हजार, निमावि तहका विद्यालयलाई ८ हजार र कक्षा १ देखि १० सम्मका विद्यालयलाई १० हजार तथा ११ र १२ कक्षा पढाई हुने विद्यालयलाई १५ हजार अनुदान समेत उपलब्ध गराएको उहाँले बताउनुभयो ।
यस्तै मकवानपुरको मनहरी गाउँपालिकाले भने प्रधानाध्यापक बैठक पछि शिक्षा समितिले निर्णय गरेर नै विद्यालयहरु सञ्चालन ल्याएको शिक्षा प्रमुख हरीचन्द्र सापकोटाले बताउनुभयो । हालसम्म दुई, तीन विद्यालयबाहेक अन्य सबै सञ्चालनमा रहेको उहाँको भनाइ छ ।३२ सामुदायिक विद्यालय र ८ संस्थागत विद्यालय रहेको मनहरी गाउँपालिकाले विद्यालय सञ्चालन कार्यढाँचा आउनुपूर्व नै सबै तयारी गरेर विद्यालय सञ्चालन गर्ने वातावरण सिर्जना गरेको शिक्षा प्रमुख सापकोटाको भनाइ छ । यस्तै भीमफेदी गाउँपालिकाले यही मंसिर ९ गते प्रधानाध्यापक बैठक बसेर विद्यालय सञ्चालन गर्ने भएको छ ।
यसरी जिल्लाको हरेक स्थानीय तहमा विद्यालयहरु सञ्चालन भइसक्दा पनि हेटौंडा उपमहानगरपालिकामा भने विद्यालय सञ्चालन हुन सकेको थिएन । नगरका विद्यालयहरुले वैकल्पिक माध्यमबाट शिक्षा प्रदान गर्दै आएका थिए ।नगरले विद्यालय सञ्चालन गर्न ढिलाई गरेपछि अब आउने निर्णय ढिलो भएमा नगरका विद्यालयहरु निर्णय आउनुअगाडि नै खुलिसक्ने विद्यालयका प्रधानाध्यपकहरुले बताएका छन् । यद्यपि हेटौंडा उपमहानगरपालिकाको विद्यालय सञ्चालन सम्बन्धी निर्णय आउनुपूर्व नै केही विद्यालयहरु औपचारिक रुपमा सञ्चालनमा आइसकेका छन् ।
यसैगरी मकवानपुरगढी गाउँपालिकाले पनि विद्यालयहरु सञ्चालन गरेको छ । औपचारिक रुपमै विद्यालयहरु सञ्चालन भइरहेको गाउँपालिकाका शिक्षा प्रमुख राम बहादुर घलानले जानकारी गराउनुभयो ।सुरुमा जोखिमका बेला विद्यालय सञ्चालन हुँदा अभिभावकहरुले केही विद्यालयमा रुष्टता व्यक्त गरेपनि अहिले त्यस्तो नभएको बताउनुभयो । गाउँपालिकाले अहिले पालिकाभित्रका ३९ सामुदायिक विद्यालय र एक संस्थागत विद्यालयलाई सञ्चालन गर्न सहयोग गर्दै आएको छ ।गाउँपालिकाले स्वास्थ्य सतर्कता अपनाउन प्रावि तहका विद्यालयलाई ५ हजार, निमावि तहका विद्यालयलाई ८ हजार र कक्षा १ देखि १० सम्मका विद्यालयलाई १० हजार तथा ११ र १२ कक्षा पढाई हुने विद्यालयलाई १५ हजार अनुदान समेत उपलब्ध गराएको उहाँले बताउनुभयो ।
यस्तै मकवानपुरको मनहरी गाउँपालिकाले भने प्रधानाध्यापक बैठक पछि शिक्षा समितिले निर्णय गरेर नै विद्यालयहरु सञ्चालन ल्याएको शिक्षा प्रमुख हरीचन्द्र सापकोटाले बताउनुभयो । हालसम्म दुई, तीन विद्यालयबाहेक अन्य सबै सञ्चालनमा रहेको उहाँको भनाइ छ ।३२ सामुदायिक विद्यालय र ८ संस्थागत विद्यालय रहेको मनहरी गाउँपालिकाले विद्यालय सञ्चालन कार्यढाँचा आउनुपूर्व नै सबै तयारी गरेर विद्यालय सञ्चालन गर्ने वातावरण सिर्जना गरेको शिक्षा प्रमुख सापकोटाको भनाइ छ । यस्तै भीमफेदी गाउँपालिकाले यही मंसिर ९ गते प्रधानाध्यापक बैठक बसेर विद्यालय सञ्चालन गर्ने भएको छ ।
यसरी जिल्लाको हरेक स्थानीय तहमा विद्यालयहरु सञ्चालन भइसक्दा पनि हेटौंडा उपमहानगरपालिकामा भने विद्यालय सञ्चालन हुन सकेको थिएन । नगरका विद्यालयहरुले वैकल्पिक माध्यमबाट शिक्षा प्रदान गर्दै आएका थिए । नगरले विद्यालय सञ्चालन गर्न ढिलाई गरेपछि अब आउने निर्णय ढिलो भएमा नगरका विद्यालयहरु निर्णय आउनुअगाडि नै खुलिसक्ने विद्यालयका प्रधानाध्यपकहरुले बताएका छन् । यद्यपि हेटौंडा उपमहानगरपालिकाको विद्यालय सञ्चालन सम्बन्धी निर्णय आउनुपूर्व नै केही विद्यालयहरु औपचारिक रुपमा सञ्चालनमा आइसकेका छन् ।