हेटौंडाः मकवानपुर प्रहरीले मनहरीबाट ४६ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानी सडकमा बसिरहेको अवस्थामा प्रहरीले खानतलासी गर्दा कैलाश गाउँपालिका वडा नम्बर ७ का २३ वर्षीय तीर्थराज चेपाङको साथबाट ५ वटा पोका बनाई झोलामा बोकिरहेको अवस्थामा ४६ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो ।
चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही गरिरहेको प्रहरी नायब उपरीक्षक रानाले बताउनुभयो ।