हेटौंडाः भोलि शनिबार नोभेम्बर १४ ‘विश्व मधुमेह दिवस’ दिवस मनाइँदैछ । विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको अग्रसरतामा हेटौंडा–१०, राप्तीरोडस्थित गुराँस पोलिक्लिनिकका जनरल फिजिसियन डा. डोजिन्द्र बस्नेतसँग लायन्ससँग सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जका लागि विशेष संवाद गरिएको छ ।
मधुमेह सम्बन्धी स्वास्थ्य समस्या वंशाणुगत कारणका साथै व्यक्तिको दैनिकीमा सामान्य व्यायामको पनि अभाव हुनु, खानपिनमा ध्यान नदिनु जस्ता समस्याका कारण देखिने गरेको चिकित्सकको भनाइ छ । मधुमेह पछिल्लो समय नेपाली नागरिकको सामान्य स्वास्थ्य समस्या जस्तै व्यापक भइसक्यो । मधुमेहलाई हेलेचक्र्याइँ गर्दा गम्भीर स्वास्थ्य समस्या आइपर्ने चिकित्सकको भनाइ छ ।
यसै सन्दर्भमा लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी अध्यक्ष पुष्पा भट्ट, द्वितीय उपाध्यक्ष निलम देवकोटा बजगाई र जनरल फिजिसियन डा. डोजिन्द्र बस्नेतसँग रेडियो निकासका स्टेशन म्यानेजेर सुरेश श्रेष्ठले कुराकानी गर्नुभएको छ ।
विश्व मधुमेह दिवस विशेष कुराकानी भोलि शनिबार साँझ ५ः०० बजेको निकास सामुदायिक खबरपछि सुन्न सक्नुहुनेछ । रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikash.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।