हेटौंडाः हेटौँडामा शुक्रबार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ जना महिला र ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । हेटौँडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले आज साँझ सार्वजनिक गरेको विवरण अनुसार हेटौंडाका ७ वटा वडाका १७ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा बढी हेटौंडा–९ का ६ जनामा कोरोना पुष्टि भएको छ । आज हेटौंडा–१ को ३ जना, हेटौंडा–४ र ५ का एक एक जना, हेटौंडा–८ का २ जना, हेटौंडा–११ का ३ जना र हेटौंडा–१६ को १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।