फाइल तस्बिर ।

हेटौंडाः मकवानपुर प्रहरीले पार्किङ गरिराखेको कारबाट बिहीबार बिहान ८० किलो लागूऔषध गाँजा फेला पारेको छ । हेटौंडा–१० भुटनदेवी प्रहरी चौकीबाट गस्तीमा खटेको प्रहरीलाई देखेर भागेको बा ६ च १४७६ नम्बरको कार पार्किङ गरेर राखेको स्थानमा शंकास्पद लागेर प्रहरी र जनप्रतिनिधिको रोहबरमा कारको लक तोडेर सुरक्षाजाँच गर्दा ८० किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले सुरक्षाजाँच गर्दा कारबाट महत्वपूर्ण कागजात फेला पारेको तथा कारमा सवार व्यक्तिको खोजीकार्य तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!