हेटौंडाः हेटौंडा–१८ मा रहेको हर्नामाडी स्वास्थ्य चौकी भवनको बुधबार उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एक कार्यक्रमका बीच स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्य संस्था व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिल कुमार बानियाँ, हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रबर्धन शाखाका उपप्रमुख भोलाप्रसाद चौलागाई, कमलामाई माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमार अधिकारीलगायत स्थानीयको उपस्थिति रहेको थियो । कुल ६२ लाख रुपैयाँ लागतमा बनेको शहरी स्वास्थ्य संस्थालाई प्रयोगशाला उपकरण समेत हस्तान्तरण गरिएको छ । डाक्टरसहितको सेवा सुविधा भएको शहरी स्वास्थ्य चौकीबाट हेटौंडा–१६, १७ र १८ नम्बर वडाका बासिन्दाले लाभ लिने मेयर महतले बताउनुभयो ।