हेटौंडाः मकवानपुरका नेता पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । मकवानपुरको उत्तरीक्षेत्र ईन्द्रसरोवर गाउँपालिकाको फाखेलका लामाको दुवै मिर्गौलाले काम गर्न छाडेका थियो । २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बन्नुभएका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
२०६२–०६३ सालको जनआन्दोलनपछि पुनस्र्थापित संसदको सदस्य रहनुभएका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित हुनुभएको थियो । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्ये लामा पनि एक हुनुहुन्थ्यो । तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएका लामा नेकपा एमालेबाट जिल्ला विकास समितिको सभापति, प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो भने २०६२-६३ को राजनीतिक परिवर्तनसँगै जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताहरुले पार्टी छाडेका थिए ।