हेटौंडाः मकवानपुर जिल्लामा बुधबार बिहान ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले बुधबार बिहानै सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उपमहानगरक्षेत्रका २८ जना सङ्क्रमित थपिएका छन् ।
१८ महिला र २२ पुरुष सङ्क्रमित भएका छन् । बुधबार सङ्क्रमण पुष्टि हुनेमा मकवानपुरको थाहा नगरपालिकाका ४ जना, मनहरी गाउँपालिकाका ६ जना, बकैया गाउँपालिकाका एक जना र मकवानपुर जिल्ला बाहिर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बसोबास गर्दै आएका एकजना छन् ।