हेटौंडाः हेटौंडास्थित आइसोलेसन वार्डमा मङ्गलबार १०१ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । मङ्गलबार बिहान हेटौंडा–१०, स्थित गोरक्षेश्वर आइसोलेसनबाट ६७ जना पुरुष र ३४ जना महिलाको स्वाब नमूना सङ्कलन गरिएको हो ।

सङ्कलित स्वाबको नमूना हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।