हेटौंडाः मकवानपुर जिल्लामा कोरोना भाइरस सङ्क्रमित २१ जना थपिएका छन् ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा गरिएको परीक्षणको बिहीबार राती प्राप्त रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिकाका १६ जना, मनहरी गाउँपालिकाका १ जना र मकवानपुर जिल्ला बाहिर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बसोबास गर्दै आएका ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जानकारी दिएको छ । सङ्क्रमण पुष्टि हुनेमा २ महिला र १९ जना पुरुष छन् ।