मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाईरस (कोभिड(१९) बाट सङ्क्रमित हुनुभएको छ । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधी अपनाएर होम आईसोलेशनमा रहनुभएका मुख्यमन्त्रीलाई बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

७५ वर्षीय मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री पौडेलसँगै धर्मपत्नी विजया पौडेल, एकजना सुरक्षाकर्मी, सवारी चालक दुईजना र कार्यालय सहयोगी एकजनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि मुख्यमन्त्रीको सचिवालयका कर्मचारीमा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । सचिवालयका कर्मचारी अहिले कोरोना सङ्क्रमणमुक्त समेत भइसकेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।