स्वर्गीय अर्यालप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको सबै सेवा आज एक दिनका लागि बन्द भएको छ । कर्मचारीको निधन भएकोले आज बिहान शोकसभाको आयोजना गरेर कार्यालय बन्द गरिएको छ ।

उपमहानगरका कर्मचारी लक्षमण अर्यालको सोमबार उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा मुत्यु भएकोले आज एकदिन शोकमा कार्यालय बन्द गरिएको हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेले जानकारी दिनुभएको छ । कार्यालय परिसरमा मेयर, उपमेयरसहित जनप्रतिनिधि, कर्मचारीले स्वर्गीय अर्यालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।