रोशन जैसवाल (बायाँ) र सम्पूर्णा ढकाल (दायाँ) ।

हेटौंडाः सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जको साप्ताहिक कार्यक्रम ‘शिक्षाका कुरा’ कार्यक्रमको असोज २७ गतेको अंकमा हेटौंडा–११, नवलपुरस्थित त्रिभूवन माविकी छात्रा सम्पूर्णा ढकाल र हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविका छात्र रोशन जैसवाल सहभागी भएका छन् ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिका–२०७७ को कार्यान्वयनको विषयमा विद्यार्थीसँग छलफल गरिएको हो । कोरोना कहरका कारण विद्यार्थीहरु नियमित रुपमा विद्यालयमै उपस्थित भएर पठनपाठन गर्न सहज नभइरहेका बेला सरकारले वैकल्पिक शिक्षण विधि अपनाएर पठनपाठन जारी राख्ने जनाइरहेका बेला विद्यार्थीको सिकाई अनुभवका बारेमा छलफल गरिएको हो । वैकल्पिक विधिबाट भइरहेको पठनपाठनको विषयमा केही सातादेखि शिक्षाका लागि राष्ट्रिय अभियान र रेडियो निकासको सहकार्यमा रेडियो कार्यक्रम ‘शिक्षाका कुरा’ को निर्माण तथा प्रसारण भइरहेको छ ।

असोज २७ गते मंगलबार साँझ ५ बजेको निकास सामुदायिक खबरपछि कार्यक्रम शिक्षाको कुरा सुन्न सक्नुहुनेछ । रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।