हेटौंडाः हेटौंडाका ३९ जनामा आज कोरोना पुष्टि भएको छ । आज दिउँसो हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरण अनुसार हेटौंडाका ३९ जना र मनहरी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला बाहिर घर भई हेटौंडामा बस्दै आएका १ जनामा पनि कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो ।
त्यस्तै २ जना कोरोना सङ्क्रमतिहरुको पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ आएको उहाँले बताउनुभयो । आज मकवानपुरमा ११ जना महिला र ३० जना पुरुषमा कोरोना पुष्टि भएको हो ।