स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै १९ औं पटक आमरण अनसनमा बस्नुभएका डा. गोविन्द केसीको पक्षमा मकवानपुरका साहित्य सर्जकहरु आज सडकमा उत्रने भएका छन् । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा आज हेटौंडा उपमहानगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा २४ मिनेट धर्ना दिने कार्यक्रम भएको सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी दिनुभएको छ । उहाँका अनुसार डा. गोविन्द केसी आमरण अनसन बस्नु भएको आज २४ औं दिन भएकोले जिल्ला प्रशासन कार्यालयमा २४ मिनेट धर्ना दिएको तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । डा. केसीको पक्षमा हेटौंडामा दैनिक जसो प्रदर्शन समेत भइरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!