हेटौंडाः हेटौंडा–१, भैरबडाँडाका पाण्डु बिकलाई आज नयाँ घर हस्तान्तरण गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १ भैरवडाँडाका स्थानीय पाण्डु विकलाई बाग्मती प्रदेश संसदीय दलका नेता एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाले आज शौचालय सहितको २ कोठे घर हस्तान्तरण गर्नुभएको हो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/10/120830277_3211833195591698_7385568686270882430_o-2-1024x768.jpg)
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/10/120641230_3211833125591705_6021151081315923797_o-768x1024.jpg)
तरुण दलका नेता विकेशलाल श्रेष्ठले विभिन्न दाताहरुसँग सहयोग सङ्कलन गरी २ लाख ४४ हजारको लागतमा विक सहित उनको ३ परिवारलाई बस्न मिल्ने घर बनाइदिएका हुन् । आर्थिक अवस्था कमजोर भएका तथा जिर्ण घरमा बस्दै आएका विकलाई तरुण नेता विकेशलाल श्रेष्ठले विभिन्न दाताहरको सहयोग लिई घर निर्माण गरिदिनुभएको हो । तरुण नेता श्रेष्ठले घर निर्माण गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/10/120842205_3211833282258356_100002294131300387_o-1024x682.jpg)
घर हस्तान्तरण कार्यक्रममा हेटौंडा–१, का वडाअध्यक्ष सविन न्यौपाने, नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली लगायत विभिन्न तरुण दलका नेताहरुको उपस्थिति रहेको थियो ।