चार पूरा भएर ठ्याक्कै पाँच वर्षमा प्रवेश गरेको थिएँ म । त्यो दिन पहिलो चोटि मेरा पाइला परेको ठाउँ विद्यालय, जहाँ मैले धेरै कुरा सिकेर जीवनमा केही गर्नु थियो । विद्यालयको पहिलो दिन भनेर म एकदम खुसी थिएँ । कहिले नदेखेको वरिपरिको वातावरण थियो । सर, मिस, साथीहरू, गेटमा बस्ने पाले अङ्कल । त्यो ठूलो चौर, त्यो चौतारा आहा ।

उज्ज्वल बराल

मेरा साथीहरू कोही छुच्चा थिए त, कोही देख्दै रिस उठ्ने त, कोही देख्दै माया लाग्दा र मिल्ने थिए ।

पहिलो चोटि मैले गुरुआमाबाट गुड मर्निङ भन्न सिकेँ । मेरो हातले कलम समाउन र चलाउन सिक्यो । म घरमा पनि सबैको प्यारो थिएँ । स्कुलमा मेरो शालिनताले झन् सबैको प्यारो भएँ । स्कुलको पहिलो दिन मेरो एकदम नयाँ दिन थियो, सबैकुरा राम्रो भयो । खाजा खाने समयमा हामी सबैजना साथीहरू मिलेर खाजा खायौं । खाजा साटासाट गरी खायौं । कतिको नाम ख्याल गरेँ त कतिको बिर्सेँ पनि । यसरी सबै साथीहरूसँग मिल्दै गुरु र गुरुआमाको आज्ञा मानेर मैले खुसीसाथ पढेँ । यस्तै हुँदाहुँदै छुट्टी हुने बेला भयो । मेरी आमा मलाई लिन आउनुभयो अनि म खुसीसाथ उहाँसँग घर गएँ ।

साँच्चै त्यो दिन एकदम स्मरणीय थियोे, विशेष थियो । मैले गुरुआमा चिनेको पहिलो दिन, मैले विद्यालय देखेको पहिलो दिन, स्कुलमा वर र पिपल देखेको पहिलो दिन, चौतारामा बसेको पहिलो दिन अनि धेरै साथीहरू बनाएको पहिलो दिन थियो । त्यसै बीचमा म सानै भए पनि मैले गुरुआमा तथा गुरु को हुन् चिनेँ, हल्ला गर्नहुँदैन भन्ने थाहा पाएँ ।

मलाई याद छ, त्यो दिन तुलसा गुरुदिदीले मलाई माया गरेर अङ्कमाल गर्नुभएको थियो । उहाँ त खुसी हुनुहुन्थ्यो नै, म त झन खुसी थिएँ । यसरी नि नै मैले त्यस भिडमा आपूmलाई सुरक्षित महसुस गरिरहेको थिएँ ।

चन्द्रोदय मावि, हेटौंडा–८